काठमाडौँ : आज सोमबार सुनचाँदी दुवैको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिजो आइतबार सुनको मूल्य तोलामा २ लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।
यसैगरी, चाँदीको मूल्यमा पनि आज केही वृद्धि भएको छ। आज चाँदीको मूल्य तोलामा रुपैयाँले बढेर रु २ हजर ५ सय ७५ पुगेको छ भने हिजो चाँदी रु २ हजार ५ सय ७० मा कारोबार भएको थियो।



