२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बढेर आयो पनि पेट्रोलियम पदार्थको मूल्य यथावत

images

  • २०८२ भदौ ३१, मंगलबार
  • 1.3K
    SHARES
  • बढेर आयो पनि पेट्रोलियम पदार्थको मूल्य यथावत

    काठमाडौँ : भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राखेको छ । यसपटक निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको हो । 

    आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँ ४६ पैसाले बढेर आए पनि चाडबाड नजिकिएका कारण यसपटक मूल्यलाई यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनु भएको छ ।

    चाडबाडका लागि मूल्य स्थिरता कायम गर्न तथा आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको निगमले जनाएको छ । आईओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । उक्त सूची अनुसार निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ