२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

निर्यातको गति सुस्त, आयातको चाप तीव्र

images

  • २०८२ भदौ ३१, मंगलबार
  • 916
    SHARES
  • निर्यातको गति सुस्त, आयातको चाप तीव्र

    नेपालको व्यापार घाटा १ खर्ब १९ अर्ब नाघ्यो, निर्यातमा भने उत्साहजनक वृद्धि


    काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको व्यापार घाटा १ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आयातमा भएको वृद्धिका कारण व्यापार घाटा बढेको हो।

    आयातमा वृद्धि : गत साउन महिनामा कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। भारतबाट ७.५ प्रतिशत, चीनबाट १४.१ प्रतिशत र अन्य मुलुकबाट २०.५ प्रतिशतले आयात बढेको छ।

    यस अवधिमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामल/धान, कोइला र रासायनिक मल जस्ता वस्तुहरूको आयातमा वृद्धि भएको छ। तर, हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ र अन्य मेसिनरी तथा पार्टस्‌को आयात भने घटेको छ।


    निर्यातमा कीर्तिमानी वृद्धि : खुसीको खबर! यस अवधिमा कुल वस्तु निर्यातमा ९५.७ प्रतिशतको कीर्तिमानी वृद्धि देखिएको छ। जुन २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

    गत वर्षको सोही अवधिमा निर्यात ९.६ प्रतिशतले घटेको थियो। यस वर्ष भारततर्फको निर्यात १५६.७ प्रतिशतले बढेको छ। जसले कुल निर्यात वृद्धिमा ठूलो योगदान पुर्याएको छ। यद्यपि, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले घटेको छ।


    मुख्य निर्यातित वस्तुहरू : भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची र जुटका सामानहरूको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। तर, जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना र चियाको निर्यात भने घटेको छ।


    निर्यात-आयात अनुपातमा सुधार : समीक्षा अवधिमा निर्यात-आयात अनुपात १६.७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.५ प्रतिशतको तुलनामा निकै राम्रो सुधार हो। यसले नेपालको निर्यात क्षमतामा सकारात्मक परिवर्तन आएको संकेत गर्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ