काठमाडौँ : आज सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार नेपाली बजारमा छापावाल सुन तोलाको १ हजारले घटेर तोलाको २ लाख १६ हजार १ सयमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार सुन तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भएको थियो, जुन सुनको अहिलेसम्मको उच्च मुल्य थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको २ सय ५ सय ९५ मा कारोबार भएको थियो।



