२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बालेन र सुदनविरुद्ध एमाले अखिलको जाहेरी दर्ता भएन

images

  • २०८२ असोज २२, बुधबार
  • 576
    SHARES
  • बालेन र सुदनविरुद्ध एमाले अखिलको जाहेरी दर्ता भएन
    काठमाडौँ : काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र हामी नेपाली संस्था अध्यक्ष तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध एमालेनिकट अनेरास्ववियुले दिएको जाहेरी काठमाडौँ प्रहरीमा दर्ता भएको छैन ।
     
    काठमाडौँ प्रहरीले २४ घण्टापछि जवाफ दिने भनेर अखिलका प्रतिनिधिहरूलाई फिर्ता पठाएको छ। अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले २४ घण्टामा जवाफ दिने भनेर आफूहरूलाई जवाफ दिएको बताउनु भएको छ । भाद्र २३ र २४ गतेको आन्दोलनको विषयमा बालेन र गुरुङविरुद्ध जाहेरी दिएको अनेरास्ववियुले जनाएको छ।
     
     
    आन्दोलनमा उक्साउने काम भएकाले हत्या हुन पुगेको, राष्ट्रिय सम्पत्ति जलाउने र तोडफोड गर्न उक्साउने काम भएको तथा नेपाली नागरिक भएर विदेशीलाई जासुसी गरेकाले जाहेरी दिएका उनीहरुको भनाई छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ