काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ७ दिने निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो।
दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रक्रियामार्फत ब्याजदर निर्धारण गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि ५० अर्ब रुपैयाँसम्मको लागि बोलकबोलमा सहभागी हुन सक्नेछन्, जुन ५ करोडले भाग जाने गरी हुनुपर्नेछ।
राष्ट्र बैंकका अनुसार, निक्षेप संकलनका लागि प्राप्त बोलहरूमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ। यदि समान ब्याजदरमा बोल रकम कुल निष्काशित रकमभन्दा बढी भएमा, प्रोराटा (अनुपातिक) प्रणालीका आधारमा बाँडफाँड गरिनेछ।



