२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

श्रीनगर एग्रीटेकको आईपीओ बाडफाँड कार्तिक १२ गते, २ लाख ५१ हजारले मात्र पाउने

images

  • २०८२ कात्तिक १०, सोमबार
  • 376
    SHARES
  • श्रीनगर एग्रीटेकको आईपीओ बाडफाँड कार्तिक १२ गते, २ लाख ५१ हजारले मात्र पाउने

    काठमाडौँ : श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाडफाँड यही कार्तिक १२ गते बुधबार हुने भएको छ। कम्पनीले असोज २६ देखि २९ गतेसम्म आईपीओ आवेदन खुला गरेको थियो।


    कम्पनीको आईपीओमा अत्यधिक चासो देखिएको छ। कुल १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन्, जसबाट २ करोड १७ लाख २ हजार ८० कित्ता शेयरको माग परेको छ। यो संख्या उपलब्ध शेयरको तुलनामा ८.६४ गुणा बढी हो।


    श्रीनगर एग्रीटेकले सर्वसाधारणका लागि २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको थियो। अत्यधिक आवेदन परेकाले बाडफाँड गोलाप्रथा (लटरी) प्रणालीबाट हुनेछ। यस प्रक्रियाबाट २ लाख ५१ हजार ४९ जनाले शेयर प्राप्त गर्नेछन्। तीमध्ये ३ जनाले ११ कित्ता शेयर पाउनेछन् भने बाँकीले १० कित्ता प्राप्त गर्नेछन्। करिब १६ लाख ९१ हजारभन्दा बढी आवेदकले शेयर नपाउने निश्चित भएको छ।


    कृषि तथा खाद्य उत्पादनमा केन्द्रित श्रीनगर एग्रीटेकले आईपीओबाट संकलित रकम उत्पादन क्षमता विस्तार, प्रविधि सुधार तथा सञ्चालन पूँजीमा प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ