२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पहिचान बदलेर विदेश पठाउनेहरु राष्ट्रद्रोही हुन : अध्यक्ष नेपाल

images

सत्कार खबर
  • २०८० जेठ १, सोमबार
  • 581
    SHARES
  • पहिचान बदलेर विदेश पठाउनेहरु राष्ट्रद्रोही हुन : अध्यक्ष नेपाल

    काठमाडौं : एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको बताउनु भएको छ ।

    समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो ,बताउनु भएको हो ।

    भुटानी शरणार्थी प्रकरणमा मात्र हैन, कुनै पनि भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नलाई पक्राउ गरी दण्ड र सजाय दिनुपर्ने बताउनु भएको छ । यस्तो कार्यमा संलग्नलाई हदैसम्म कानुनी कारबाही हुनु पर्ने पनि उहाँको भनाई छ ।

    आफ्नो देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाउन प्रलोभन दिनेहरू अपराधी मात्रै होइनन्, राष्ट्रद्रोही पनि हुन,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका उहाँको भनाई छ । ‘देशको नै मान, सम्मान र मर्यादामा आँच पुर्‍याउनेहरुलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु नहुने र हदैसम्म कारबाही गर्नुपर्ने उहाँले बताउनु भयो ।

    अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मारिएकाहरूलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएकोमा सरकारलाई धन्यवाद पनि ज्ञापन गर्नु भयो । उहाँले भन्नु भयो , यस प्रकरणलाई लिएर वर्तमान सरकारले जुन तरिकाले काम गरिरहेको छ, यो कार्य र साहसिक कदमको सरहाना गर्दछु,।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ