२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

images

  • २०८२ कात्तिक १३, बिहीबार
  • 476
    SHARES
  • तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौँ : आज कार्तिक १३ गते बिहीबार तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ, जसमा गुराँस लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र ग्लोबल आइएमई बैंक रहेका छन्। आजसम्म आफ्नो नाममा सेयर कायम गर्ने लगानीकर्ताले मात्रै कम्पनीहरूको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्।

    गुराँस लघुवित्तले कार्तिक २३ गते साधारणसभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ। कम्पनीको चुक्ता पुँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको छ र बुक क्लोज मिति कार्तिक १४ गते तोकिएको छ।

    यस्तै, मुक्तिनाथ कृषि कम्पनीले पनि आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ।हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ। लाभांशपछि कायम हुने पुँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी समेत कम्पनीले गरेको छ। कम्पनीको साधारणसभा कार्तिक २१ गते हुनेछ र बुक क्लोज मिति कार्तिक १४ गते तोकिएको छ।

    ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले कार्तिक २६ गते साधारणसभा आयोजना गर्ने र बुक क्लोज मिति कार्तिक १६ गतेदेखि लागू हुने निर्णय गरेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ