काठमाडौँ : आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन यस मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले बढेको छ। अघिल्लो दिन २ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य आज ३ हजार ६० रुपैयाँ पुगेको छ



