२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

images

  • २०८२ कात्तिक १६, आइतबार
  • 541
    SHARES
  • दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौँ : आज कार्तिक १६ गते आइतबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ, जसमा सिद्धार्थ बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड रहेका छन्। जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले आगामी साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। यसले शेयरधनीहरूलाई लाभांश प्राप्त गर्ने अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्छ।


    सिद्धार्थ बैंकले आफ्नो चौबीसौँ वार्षिक साधारण सभा कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजना गर्नेछ। सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक नियुक्ति, सामाजिक उत्तरदायित्व खर्च अनुमोदन, र लेखापरीक्षक नियुक्ति जस्ता प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।

    सिटिजन्स बैंकले पनि हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। यी प्रस्तावहरू पारित भएपछि सम्बन्धित शेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ