२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चालु आवको पहिलो त्रैमासमा ४.६१ अर्बको खाद्यान्न आयात

images

  • २०८२ कात्तिक १७, सोमबार
  • 456
    SHARES
  • चालु आवको पहिलो त्रैमासमा ४.६१ अर्बको खाद्यान्न आयात

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वीरगञ्ज नाकाहुँदै ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात गरिएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब ५६ करोड बढी हो ।

    उक्त नाका हुँदै साउनदेखि असोज महिनासम्ममा धान, चामल, मकै, माल्ट लगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् । गत आवको पहिलो त्रैमासमा ३ अर्ब ४ करोड रुपैयाँ बराबरका १६ थरिका खाद्यान्न आयात भएको थियो ।

    चालु आवमा वीरगञ्ज नाकाहुँदै सबै भन्दा बढी मकै आयात भएको छ । उक्त अवधिमा १ अर्ब ८० करोड मूल्य पर्ने ३ करोड ३६ लाख १२ हजार ८ सय १० किलोग्राम मकै आयात भएको छ ।

    गत आवमा भने १ अर्ब ९ करोड मूल्य बराबरको २ करोड १६ लाख २७ हजार ९ सय ९२ किलोगाम मकै आयात भएको थियो । यस्तै चालु आवको तीन महिनामा १ अर्ब ४६ करोड रुपैयाँ बराबरको ३ करोड ९१ लाख १ हजार ३ सय ४२ किलोग्राम धान आयात भएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ