२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा दुई बैंकको शेयरमूल्य समायोजन

images

  • २०८२ कात्तिक १७, सोमबार
  • 456
    SHARES
  • नेप्सेमा दुई बैंकको शेयरमूल्य समायोजन

    काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जमा सिद्धार्थ बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयर मूल्य समायोजन गरिएको छ। 

    दुबै बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेले ५–५ प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो। यस समायोजनले लगानीकर्तालाई अद्यावधिक मूल्यका आधारमा कारोबार गर्न सहज बनाउने अपेक्षा गरिएको छ। आजको दिनदेखि दोस्रो बजारमा यी समायोजित मूल्यका आधारमा शेयर कारोबार खुल्नेछ। 

    समायोजनपछि सिद्धार्थ बैंकको शेयर मूल्य ३ सय ४९ रुपैयाँ ५२ पैसा कायम भएको छ भने सिटिजन्स बैंकको शेयर मूल्य २ सय २ रुपैयाँमा समायोजित गरिएको छ। अघिल्लो कारोबार दिन सिद्धार्थको शेयर ३ सय ६७ रुपैयाँमा र सिटिजन्सको शेयर २ सय १२ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। नेप्सेले यही मूल्यलाई आधार मानेर समायोजन गरेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ