२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालमा पर्यटक आगमन दरमा उल्लेखनीय वृद्धि, अक्टोबरमा मात्र १.२८ लाख विदेशी आगमन

images

  • २०८२ कात्तिक १७, सोमबार
  • 586
    SHARES
  • नेपालमा पर्यटक आगमन दरमा उल्लेखनीय वृद्धि, अक्टोबरमा मात्र १.२८ लाख विदेशी आगमन

    काठमाडौँ : नेपालमा विदेशी पर्यटकको आगमन दर निरन्तर बढ्दै गएको छ। नेपाल पर्यटन बोर्डका अनुसार, चालु वर्षको अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४४३ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो समय पर्यटकीय याम भएकाले आगमन दर उल्लेखनीय रूपमा बढेको बोर्डले जनाएको छ।

    बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अक्टोबर महिनामा दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १ सय २७, युरोपबाट ४० हजार ५ सय, ओसियानाबाट ६ हजार ८ सय १४, अमेरिकाबाट १६ हजार ४ सय ७, मध्यपूर्वबाट ३ हजार ५ सय ४८, अफ्रिकाबाट ४ सय ४३ र अन्य देशबाट ८ हजार ४ सय ४४ पर्यटक नेपाल आएका थिए।

    जनवरीदेखि अक्टोबरसम्मको अवधिमा कुल ९ लाख ४३ हजार ७ सय १६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो।

    देशगत आगमन विवरण हेर्दा अक्टोबरमा भारतबाट १७ हजार २ सय ९८, अमेरिकाबाट १३ हजार २ सय ८६, बेलायतबाट ८ हजार ७ सय १८, चीनबाट ६ हजार ७ सय ५५, जर्मनीबाट ६ हजार ३ सय ६६, अष्ट्रेलियाबाट ६ हजार १ सय ७७, श्रीलङ्काबाट ५ हजार ५ सय ३५, फ्रान्सबाट ५ हजार ४५, बङ्गलादेशबाट ४ हजार ६ सय ४१ र म्यानमारबाट ३ हजार ३८ जना पर्यटक नेपाल आएका थिए।

    नेपाल पर्यटन बोर्डले आगामी महिनाहरूमा हिमाल आरोहण, ट्रेकिङ तथा सांस्कृतिक भ्रमणका कारण पर्यटक आगमन दर अझ बढ्ने अपेक्षा गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ