२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

images

  • २०८२ कात्तिक १८, मंगलबार
  • 866
    SHARES
  • नेप्सेमा गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

    काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जले गरिमा विकास बैंकको शेयर मूल्य समायोजन गरिएको छ। अघिल्लो कारोबार दिन बैंकको शेयर ४ सय १७ रुपैयाँमा कारोबार भएको थियो। नेप्सेले यही मूल्यलाई आधार मानेर समायोजन गरेको हो।मूल्य समायोजनपछि बैंकको शेयरमूल्य ३ सय ९३ रुपैयाँ ४० पैसा कायम भएको छ। 

    बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेले ६ प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो। यस समायोजनले लगानीकर्तालाई अद्यावधिक मूल्यका आधारमा कारोबार गर्न सहज बनाउने अपेक्षा गरिएको छ। आजको दिनदेखि दोस्रो बजारमा यी समायोजित मूल्यका आधारमा शेयर कारोबार खुल्नेछ। 

    बैंकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ