काठमाडौँ : हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित लाभांश सुरक्षित गर्न आज कात्तिक १९ गतेलाई अन्तिम मिति तोकेको छ। कम्पनीले भोलि कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म शेयरधनीको नाममा शेयर कायम भएका व्यक्तिहरू मात्र लाभांश प्राप्त गर्न र वार्षिक साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
कम्पनीले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्।
कम्पनीले २५ औँ वार्षिक साधारणसभा कात्तिक ३० गते आइतबार बिहान १० बजे वीरगन्जस्थित रजिस्टर्ड कार्यालयमा आयोजना गर्ने तयारी गरेको छ। सभामा कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लाभांश अनुमोदन लगायतका विषयमा छलफल हुनेछ।



