काठमाडौँ : नेपाल राष्ट्र बैंकले संगठनात्मक पुनःसंरचनाको क्रममा एकैपटक ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएका माग र देशको आर्थिक अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको बैंकले जनाएको छ।
सरुवा विवरण:
- रेवतीप्रसाद नेपाल: विदेशी विनिमय व्यवस्थापन विभागबाट सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा
- रामु पौडेल: मुद्रा व्यवस्थापन विभागबाट बैंक तथा वित्तीय संस्था नियमन विभागमा
- विश्रुत थापा: मानव संसाधन व्यवस्थापन विभागबाट वित्तीय संस्था सुपरिवेक्षण विभागमा
- दयाराम शर्मा: मौद्रिक व्यवस्थापन विभागबाट गभर्नरको कार्यालयमा
- गुरुप्रसाद पौडेल: बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मानव संसाधन व्यवस्थापन विभागमा
- किरण पण्डित: भुक्तानी प्रणाली विभागबाट विदेशी विनिमय व्यवस्थापन विभागमा
- डा. सत्येन्द्र तिमिल्सिना: वित्तीय संस्था सुपरिवेक्षण विभागबाट भुक्तानी प्रणाली विभागमा
- रोशनकुमार सिग्देल: सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट बैंकिङ विभागमा
- डा. डिल्लीराम पोख्रेल: बैंकिङ विभागबाट मौद्रिक व्यवस्थापन विभागमा
- अनुज दाहाल: संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट मुद्रा व्यवस्थापन विभागमा
- राजनविक्रम थापा: हालै कार्यकारी निर्देशकमा बढुवा भई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पदस्थापन
राष्ट्र बैंकले यो निर्णयलाई संगठनात्मक कार्यक्षमता अभिवृद्धि र जिम्मेवारी पुनःसंरचनाको दिशामा उठाइएको महत्वपूर्ण कदमको रूपमा लिएको छ।




