२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दुई दिनको गिरावटपछि शेयर बजारमा हरियाली, कारोबार रकम भने सुस्त

images

  • २०८२ कात्तिक १९, बुधबार
  • 1.3K
    SHARES
  • दुई दिनको गिरावटपछि शेयर बजारमा हरियाली, कारोबार रकम भने सुस्त

    काठमाडौँ : दुई दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । तर बजार उचालिएपछि कारोबार रकम भने बढ्न सकेन ।

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.१७ अंकले बढेको हो । ०.४६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७०७.४२ अंकमा उक्लिएको छ ।

    समग्रमा बजार बढे पनि होटल र म्युचुअल समूह क्रमशः ०.४५ र ०.०५ प्रतिशतले घटेका छन् । बाँकी अरु समूहमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा बढी ३.४१ प्रतिशतले बढेको छ ।

    साताको पहिलो दिन आइतबार ३०.७५ अंकले बजार बढ्दा ९ अर्ब २० करोड ३१ लख ४६ हजार ४ सय २९.५१ रुपियाँ, सोमबार ८.२४ अंकले बजार घट्दा ६ अर्ब ५ करोड २२ लाख २६ हजार ९ सय ३.७७ रुपियाँ र हिजो मंगलबार २७.६४ अंकले बजार घट्दा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९ सय ३८.९८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

    आज ३१२ कम्पनीका ९२ लाख १८ हजार ८ सय १० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार ८ सय १४.९६ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।

    तीन कम्पनीका लगानीकर्ताहरुले आज ९ प्रतिशत बढी नाफा कमाएका छन् । माबिलुङ इनर्जी, उन्नति सहकार्य लघुवित्त र नेपाल फाइनान्सका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९६ र ९.२३ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै फर्स्ट माइक्रो फाइनान्स लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.४८ प्रतिशतले घाटा व्यहोरेका छन् ।

    आज यूनियन हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३८ करोड ६१ लख ५२ हजार ४ सय ८४.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ