२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८२ कात्तिक २४, सोमबार
  • 596
    SHARES
  • आज सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा २ हजार ९ सय रुपैयाँले बढी हो।

    पछिल्ला पाँच दिनदेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। कात्तिक १९ गते प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन हालसम्म ४ हजार ३ सय रुपैयाँले महँगिएको छ। यद्यपि असोज ३१ गतेको २ लाख ५८ हजार रुपैयाँको रेकर्ड अझै कायम छ।

    चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ३ हजार ६५ रुपैयाँमा पुगेको छ। असोज ३१ मा चाँदीको मूल्य ३ हजार ३ सय ५० रुपैयाँसम्म पुगेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ