२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ग्लोबल आइएमईको ऐतिहासिक उपलब्धि: विश्वस्तरीय बैंकहरूसँग प्रतिस्पर्धा गर्दै नेपालकै उत्कृष्ट बैंक

images

  • २०८२ कात्तिक २५, मंगलबार
  • 1.4K
    SHARES
  • ग्लोबल आइएमईको ऐतिहासिक उपलब्धि: विश्वस्तरीय बैंकहरूसँग प्रतिस्पर्धा गर्दै नेपालकै उत्कृष्ट बैंक

    काठमाडौं : नेपालका लागि गर्वको क्षण पुनः दोहोरिएको छ। प्रतिष्ठित ग्लोबल फाइनान्स म्यागजिनले ‘बेस्ट बैंक अवार्ड २०२५’ घोषणा गर्दा नेपालबाट ग्लोबल आइएमई बैंकले लगातार दोस्रो वर्ष उत्कृष्ट बैंकको उपाधि जित्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव जमाएको छ।

    अमेरिकामा आयोजित विशेष समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त पुरस्कार ग्रहण गरे। एचएसबीसी (हङकङ), स्टेट बैंक अफ इन्डिया, चाइना कन्स्ट्रक्सन बैंक, युओबी मलेसिया, सिटी बैंक बंगलादेश र एसएमबीसी जापान जस्ता विश्वस्तरीय बैंकहरूसँगै ग्लोबल आइएमईको नाम पनि सम्मानित सूचीमा समावेश भयो।

    स्थायित्व र नवप्रवर्तनको प्रतीक

    २००७ मा स्थापना भएको ग्लोबल आइएमई बैंकले नेपालका सबै ७७ जिल्लामा सेवा पुर्याउने पहिलो निजी बैंकको कीर्तिमान राखेको छ। कमर्ज एण्ड ट्रस्ट बैंक, जनता बैंक र बैंक अफ काठमाण्डूसँगको मर्जरमार्फत बैंकले आफ्नो आकार र प्रभाव दुवै विस्तार गरेको छ।

    बैंकको चुक्ता पुँजी ३८ अर्ब १२ करोड रुपैयाँभन्दा बढी छ भने कुल सम्पत्ति ६ सय अर्ब रुपैयाँ नाघिसकेको छ। ३ सय ५२ शाखा, ३ सय ८४ एटीएम, १ सय ५० शाखारहित बैंकिङ आउटलेट र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत बैंकले सहरीदेखि ग्रामीण क्षेत्रसम्म सेवा पुर्याइरहेको छ।

    दिगोपन र डिजिटल रूपान्तरणको नेतृत्व

    बैंकले मोबाइल बैंकिङ, डिजिटल वालेट, एसएमई फाइनान्स र हरित ऊर्जा ऋण जस्ता सेवाहरू विस्तार गर्दै आधुनिक अर्थतन्त्रको माग पूरा गरिरहेको छ। अध्यक्ष ढकालको नेतृत्वमा बैंकले सुशासन, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको छ। सीईओ रेग्मीले बैंकलाई डिजिटल भविष्यतर्फ डोर्याउँदै दिगो विकासमा योगदान पुर्याइरहेका छन्।

    अन्तर्राष्ट्रिय पहुँच र प्रवासी नेपालीका लागि भरोसा

    ग्लोबल आइएमई बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनबाट सुरक्षित र छरितो रेमिट्यान्स सेवा प्रदान गर्दै लाखौं प्रवासी नेपालीका लागि विश्वसनीय साझेदार बनेको छ।

    सम्मानले थप प्रेरणा दिएको अध्यक्षको भनाइ

    पुरस्कार ग्रहणपछि अध्यक्ष ढकालले भने, “यी सम्मानले हामीलाई अझ उत्कृष्ट र नवप्रवर्तनशील सेवा प्रदान गर्न प्रेरित गर्छ।” उनले नेपाल सरकार, राष्ट्र बैंक, नियामक निकाय, सेयरधनी, कर्मचारी र ग्राहकप्रति आभार व्यक्त गरे।

    ग्लोबल आइएमई बैंक अब केवल नेपालकै अग्रणी बैंक होइन, क्षेत्रीय वित्तीय शक्तिका रूपमा उभिने दिशामा अग्रसर छ। नवप्रवर्तन, पारदर्शिता र ग्राहक केन्द्रित सेवामार्फत बैंकले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको प्रदर्शन गरिरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ