२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आइएमई लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न, रेमिटेन्स सेवा विस्तारको प्रतिबद्धता

images

  • २०८२ कात्तिक २५, मंगलबार
  • 1.3K
    SHARES
  • आइएमई लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न, रेमिटेन्स सेवा विस्तारको प्रतिबद्धता

    काठमाडौँ : आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाडौंमा २५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लिमिटेडका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सभाले सो वार्षिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ ।

    सभामा अध्यक्ष ढकालले रेमिटेन्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनीको रूपमा रहेको आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा रहन सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले २५औँ वर्षमा व्यावसायिक हिस्सा बिस्तार गर्दै नयाँ प्रविधि एव रणनीतिका साथ आगामी दिनहरूमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

    प्रविधिको अधिकतम सदुपयोग गर्दै रेमिटेन्स सेवाको थप विस्तार तथा विविधीकरण गर्दै आइएमईलाई कम्पिलिट फाइनान्सियल सलुसन्सको रूपमा विकास गर्ने नीति लिइने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

    सभामा आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले २५औँ वर्षमा आइएमई लिमिटेड थप परिपक्व बन्दै नागरिकको जिवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याउदै सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु गौरवपूर्ण क्षण रहेको बताउनु भयो ।

    आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप सरल र सहज र सुरक्षित बनाउँदै लैजाने बताउनु भयो । प्रमुख कार्यकारी दिवाकर पौडेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्‍याउन सफल रहने विश्वास पनि व्यक्त गर्नुभयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ