२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घट्याे

images

  • २०८२ कात्तिक २६, बुधबार
  • 216
    SHARES
  • आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घट्याे

    काठमाडौँ : बुधबार सुनको सुनको मुल्य तोलामा २१ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मुल्य प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको छ ।

    अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । सुनको मुल्य घटे पनि चाँदी बढेको छ ।

    चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ। अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च तोलाको ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ