२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्से ९.७८ अंकले बढ्यो, ३ अर्ब ९४ करोडको कारोबार

images

  • २०८२ मंसिर १, सोमबार
  • 666
    SHARES
  • नेप्से ९.७८ अंकले बढ्यो, ३ अर्ब ९४ करोडको कारोबार

    काठमाडौँ : धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.७८ अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३८ प्रतिशतले बढेर २,५५०.३६ विन्दुमा बन्द भएको छ ।

    आज ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने हिजो आइतबार ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज १६७ कम्पनीको सेयरमूल्य बढ्दा ७६ को घटेको छ । यस्तै, १३ कम्पनीको सेयरमूल्य स्थिर छ ।

    कारोबारमा आएका १३ समूहमध्ये निर्जीवन बिमा र ‘अन्य’ समूहको परिसूचक घटेको छ । बाँकी सबै समूहको परिसूचक बढेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक ०.०९ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक ०.४९ प्रतिशतले घटेको छ ।

    आज बन्दीपुर केबलकार तथा टुरिजमको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । झापा एनर्जी, बुंगल हाइड्रो र सागर डिस्टिलरीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । साहस ऊर्जाको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भयो । यस कम्पनीको १८ करोड ३६ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ