२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विदेशीलाई माथिल्लो मुस्ताङ भ्रमणमा अब दैनिक ५० डलर शुल्क

images

  • २०८२ मंसिर ३, बुधबार
  • 681
    SHARES
  • विदेशीलाई माथिल्लो मुस्ताङ भ्रमणमा अब दैनिक ५० डलर शुल्क

    काठमाडौं : नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि अब दैनिक ५० अमेरिकी डलर शुल्क तिर्नुपर्ने भएको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गरिएको जानकारी दिए।

    यसअघि विदेशी पर्यटकले कम्तीमा १० दिनको पदयात्रा अनुमतिका लागि एकमुष्ट ५ सय अमेरिकी डलर बुझाउनुपर्ने व्यवस्था थियो। नयाँ निर्णयसँगै पर्यटकले अब उपल्लो मुस्ताङमा बस्ने दिनअनुसार मात्र शुल्क तिर्नुपर्नेछ।


    स्थानीय तहका प्रतिनिधिहरूले निर्णयलाई आंशिक रूपमा सकारात्मक प्रतिक्रिया दिएका छन्। लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीबाट हटाउनुपर्ने माग भए पनि सरकारले गरेको परिवर्तनले केही हदसम्म माग सम्बोधन भएको बताए। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले पनि निर्णयलाई स्वागत गरेका छन्।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने उपल्लो मुस्ताङलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ। महँगो शुल्कका कारण धेरै पर्यटक कागबेनी वा मुक्तिनाथमै फर्किने गरेका थिए। तथ्यांकअनुसार, बर्सेनि करिब डेढ लाख विदेशी पर्यटक मुस्ताङ भित्रिने भए पनि तीनदेखि चार प्रतिशत मात्र उपल्लो मुस्ताङ पुग्ने गरेका छन्। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ