२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

images

  • २०८२ मंसिर ४, बिहीबार
  • 826
    SHARES
  • नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

    काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले नेशनल प्याथ ल्याबसँग मेडिकल साझेदारी गरेको छ। राजधानीमा सम्पन्न कार्यक्रममा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र ल्याबका प्रबन्ध सञ्चालक पवन जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

    सम्झौतापछि बोल्दै सीईओ खड्काले प्रतिष्ठित प्रयोगशालासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले खेलकुदसँगै स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिने बताए। त्यस्तै, प्रबन्ध सञ्चालक जोशीले यो साझेदारीलाई स्वास्थ्य क्षेत्रका लागि सुखद पक्ष भएको उल्लेख गर्दै टिमलाई उत्कृष्ट प्रदर्शनको शुभकामना दिए।

    नेशनल प्याथ ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ वर्गको मान्यता प्राप्त अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला हो। यहाँ क्यान्सर, हर्मोन, मुटु, मृगौला, कलेजो, बाँझोपन, हाड‑जोर्नी तथा प्रिभेन्टिभ हेल्थ चेकअपसहित ८ सयभन्दा बढी प्रकारका परीक्षण हुने गर्छन्। ल्याबले अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वचालित उपकरण, अनुभवी चिकित्सक तथा प्रयोगशालाकर्मीमार्फत छिटो, गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको छ।

    सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो खेल बुधबार साँझ ४ बजे काठमाडौंमा गोर्खाजविरुद्ध खेल्नेछ। टिममा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन्। टिमको नेतृत्व मुख्य प्रशिक्षक जगत टमटाले गरेका छन्

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ