काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सोल्टी होटल लिमिटेड र साहस उर्जा लिमिटेडले बुकक्लोज गरेपछि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो।
सोल्टी होटलमा १५ प्रतिशत बोनस शेयर र साहस उर्जामा २१ प्रतिशत बोनस शेयर समायोजन गरिएको छ। यसपछि सोल्टी होटलको मूल्य प्रतिकित्ता ४ सय ७४ रुपैयाँ ८७ पैसा र साहस उर्जाको मूल्य ५ सय ५५ रुपैयाँ ३७ पैसा कायम भएको छ।
अघिल्लो कारोबार दिनमा सोल्टी होटलको अन्तिम मूल्य ५ सय ४६ रुपैयाँ र साहस उर्जाको मूल्य ६ सय ७२ रुपैयाँ थियो। यही आधारमा नेप्सेले समायोजन गरेको हो। नयाँ मूल्यलाई आधार मानेर आइतबारदेखि दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार सुरु हुनेछ।



