काठमाडौँ : नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई आइपीओ जारी गर्ने अनुमति दिएको छ। बोर्डको निर्णयसँगै बैंकले अब १७ करोड २३ लाख ८८ हजार रुपैयाँबराबरको आइपीओ सार्वजनिक गर्नेछ।
यसअनुसार बैंकले १०० रुपैयाँ अंकित दरमा कुल १७ लाख २३ हजार ८८० कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ। आइपीओ बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ पुग्नेछ। हाल संस्थापक शेयरधनीको लगानी ३५ करोड रुपैयाँ रहेको छ।
आइपीओ बिक्रीपछि संस्थापक समूहको स्वामित्व ६७ प्रतिशत रहनेछ भने सर्वसाधारणको हिस्सा ३३ प्रतिशत हुनेछ। बैंकको आइपीओ बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले लिएको छ



