काठमाडौँ : आज मंगलबार (मंसिर २३) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १ हजार रुपैयाँले घटेर २ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो सोमबार प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।



