२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

images

  • २०८२ पुस ९, बुधबार
  • 561
    SHARES
  • बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न आज बजारबाट २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने घोषणा गरेको छ। यसका लागि राष्ट्र बैंकले १० दिनको अवधिका लागि निक्षेप संकलन बोलकबोल उपकरण प्रयोग गर्ने भएको छ।

    यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकका अनुसार पुस ९ गते मध्यान्ह २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

    निक्षेप संकलनका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको भागमा आवेदन दिन सकिनेछ। बोलकबोलको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइनेछ।

    संकलित निक्षेप रकम भुक्तानी मितिमा सम्बन्धित बैंकको खातामा ब्याजसहित जम्मा गरिनेछ। यस निक्षेपको सावा तथा ब्याज भुक्तानी पुस २५ गते तोकिएको छ

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ