२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औं वार्षिक साधारणसभा, ८% नगद लाभांश प्रस्ताव

images

  • २०८२ माघ ६, मंगलबार
  • 511
    SHARES
  • आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औं वार्षिक साधारणसभा, ८% नगद लाभांश प्रस्ताव

    काठमाडौँ : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा आज बस्ने भएको छ । कम्पनीको ३२ औं वार्षिक साधारणसभा आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ ।

    सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्ने बताइएको छ । साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।


    साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते बूक क्लोज गरिसकेको छ । यसर्थ पुस २० गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सकिने बताइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ