२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा आकर्षक गोल्ड लोन योजना सार्वजनिक

images

  • २०८२ माघ २०, मंगलबार
  • 476
    SHARES
  • एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा आकर्षक गोल्ड लोन योजना सार्वजनिक

    काठमाडौँ : एन आई सी एशिया बैंकले १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन (Gold Loan)  कर्जा योजना सार्वजनिक गरेको छ ।

    समय अनुसारको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहक महानुभावहरूमाझ प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको हो ।


    यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले रू.५० लाखसम्मको कर्जा रकम प्राप्त गर्न सक्नुहुनेछ । औषत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सक्नेछ ।

    साथै, यस कर्जा योजना अन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ । ग्राहक महानुभावहरुले यस योजना अन्तर्गतको कर्जा तोकिएका विभिन्न शाखाहरुबाट प्राप्त गर्न सक्नेछ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ