२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पुससम्म बैंकबाट शेयर धितो कर्जा ३४ प्रतिशतले बढ्यो

images

  • २०८२ माघ २०, मंगलबार
  • 851
    SHARES
  • पुससम्म बैंकबाट शेयर धितो कर्जा ३४ प्रतिशतले बढ्यो

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म बैंकहरुले प्रवाह गरेको शेयर धितो कर्जा उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुससम्म बैंकहरुबाट १ खर्ब ५२ अर्ब ४० करोड ३३ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ।

    अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पुससम्म यो रकम १ खर्ब १३ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ मात्र थियो। यसरी तुलना गर्दा चालु वर्षमा शेयर धितो कर्जा ३३.९५ प्रतिशतले बढेको देखिन्छ।

    पुससम्म १ करोड रुपैयाँभन्दा माथिको रेन्जमा मात्रै १ खर्ब ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४०.६६ प्रतिशतले वृद्धि भएको हो।


    अन्य रेन्जमा पनि कर्जाको माग बढेको छ।


    - ५० लाखदेखि १ करोडसम्मको कर्जा १७ अर्ब ७ करोड ९१ लाख रुपैयाँ पुगेको छ (२६.५९% वृद्धि)।

    - २५ लाखदेखि ५० लाखसम्मको कर्जा १९ अर्ब ३८ करोड २० लाख रुपैयाँ पुगेको छ (२०.०५% वृद्धि)।

    - २५ लाखसम्मको कर्जा ८ अर्ब ८२ करोड ७१ लाख रुपैयाँ पुगेको छ (११.६३% वृद्धि)।

    यसरी समीक्षा अवधिमा सबै रेन्जमा शेयर धितो कर्जाको माग बढ्दै गएको देखिन्छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ