२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जनकपुर आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन

images

  • २०८२ माघ २१, बुधबार
  • 596
    SHARES
  • जनकपुर आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन

    काठमाडौँ : जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।

    कार्यालयका तथ्यांकअनुसार पुस महिनामा ६२ करोड ९७ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। तर, वास्तविक संकलन ७३ करोड ३१ लाख रुपैयाँ पुगेको छ, जुन लक्ष्यको ११७ प्रतिशत हो।

    कार्यालय प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले जानकारी दिँदै चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ६१ करोड २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको बताए। हालसम्म २ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ संकलन भइसकेको छ, जुन करिब ९० प्रतिशत हो।

    गत आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म २ अर्ब १३ करोड २६ लाख रुपैयाँ संकलन भएको थियो। यस वर्ष सोही अवधिसम्म २२ करोड रुपैयाँले वृद्धि भएको छ।

    गुप्ताका अनुसार यस वर्ष कार्यालयको कार्यक्षेत्र धनुषा जिल्ला र महोतरीका केही पालिकामा मात्र सीमित भए पनि राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। गत वर्ष भने कार्यक्षेत्र धनुषा, महोतरी, सर्लाही र सिन्धुलीसम्म फैलिएको थियो। चालु आर्थिक वर्षको साउनदेखि करदाता सेवा कार्यालय बर्दिबास स्तरोन्नति भएपछि कार्यक्षेत्र घटाइएको हो।

    उनले आर्थिक ऐन २०८२ अन्तर्गत छुट तथा सुविधा, करदातासँग नियमित सम्पर्क, बक्यौता असुलीमा कडाइ, बजार अनुगमन, कर शिक्षा कार्यक्रम र करको दायरा विस्तारले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको बताए। जेनजी आन्दोलनपछि आर्थिक गतिविधि बढेसँगै राजस्व संकलनमा समेत वृद्धि भएको उनको भनाइ छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ