काठमाडौँ : एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशनको प्रस्ताव अनुमोदनका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको वैशाख २० गते बसेको बैठकले जेठ १८ गते बिहान ९ बजे काठमाडौँस्थित भद्रकालीमा सभा गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना अघि बढाएको छ। यसअनुसार २ बराबर १ अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गरिने प्रस्ताव साधारण सभामा पेश हुनेछ। उक्त हकप्रद सेयरमार्फत बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबर रकम संकलन गर्ने लक्ष्य राखेको छ।



