काठमाडौँ : लगातार ४ दिनसम्म ओरालो लागेको सेयर बजार मंगलबार केही सुधार देखिएको छ। हिजो ३४ अंकले घटेको बजार आज नेप्से परिसूचक ८.७८ अंकले बढ्दै २७१२ अंकमा पुगेको छ। कारोबार रकम भने घटेको छ। हिजो ४ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४३ करोडमा भएको छ। १६२ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको घट्यो भने १६ कम्पनी स्थिर रहे।
समूहगत सूचकमा हाइड्रोपावर सबैभन्दा धेरै १.०२ प्रतिशतले बढ्यो। बैंकिङ ०.४३, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३ र अन्य समूह ०.०८ प्रतिशतले उकालो लागे। तर विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूहमा सामान्य गिरावट देखियो।
कम्पनीगत कारोबारमा माथिल्लो लोहोरेखोला हाइड्रोपावरको मूल्य ११.१६ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो। सोलु हाइड्रोपावर ७.५६, धौलागिरि लघुवित्त ७.०४ र झापा इनर्जी ४.८० प्रतिशतले बढे। विपरीत, फर्वाड माइक्रोफाइनान्स ९.३१ प्रतिशतले घट्यो भने सुपरखुदी हाइड्रोपावर र रावा इनर्जीमा पनि गिरावट देखियो।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र पाल्पा सिमेन्ट परे।



