काठमाडौँ : आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने बढेको छ। आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो मंगलबार सुन तोलामा ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ महासंघका अनुसार आज बुधबार १५ रुपैयाँले बढेर ५ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो मंगलबार चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको छ।



