काठमाडौँ : सुनचाँदीको मूल्य पछिल्ला दिनमा लगातार घटिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ४ हजार ५ सय रुपैयाँले कम हो।
यसअघि शुक्रबार पनि मूल्य ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँले सस्तो भएको छ।
यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार ६० रुपैयाँमा झरेको छ। यसअघि बिहीबार चाँदीको मूल्य ५ हजार ७ सय ४५ रुपैयाँ थियो।



