२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार

images

  • २०८३ जेठ ६, बुधबार
  • 996
    SHARES
  • नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार

    काठमाडौँ : आज बुधबार नेप्से परिसूचक ३०.०८ अंकले बढ्दै २ हजार ७ सय ५४ अंकमा पुगेको छ, जुन दिनभरको उच्चतम स्तर पनि हो। अघिल्लो दिन ६ अंकले घटेको बजार आज लगातार वृद्धि कायम राख्दै बन्द भएको हो। कारोबार रकम पनि बढेर ३ अर्ब ८२ करोड पुगेको छ, जुन अघिल्लो दिनको ३ अर्ब ८ करोडभन्दा बढी हो।

    आज २४८ कम्पनीको मूल्य बढ्दा २१ कम्पनी घटेका छन् भने एनएलजीको मूल्य स्थिर रह्यो। सबै समूहका सूचक हरित बनेका छन्, जसमा हाइड्रोपावर र होटल तथा पर्यटन समूह सबैभन्दा बढी १.८९ प्रतिशतले बढेका छन्। व्यापार, फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन लगायतका समूहमा पनि उल्लेख्य वृद्धि देखिएको छ।

    कम्पनी मूल्यमा अपर लोहोरेखोला जलविद्युत् १५ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो। माउन्टेन हाइड्रो नेपाल, बुंगल हाइड्रो, शिखर पावर र सिटी होटल पनि उल्लेख्य वृद्धि भएका कम्पनी हुन्। विपरीत रूपमा, कर्पोरेट डेभलपमेन्ट बैंक १३.२६ प्रतिशतले घट्यो भने बोटलर्स नेपाल बालाजु र कुथेली बुखरी हाइड्रोपावरमा पनि गिरावट देखियो। कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र नेसनल हाइड्रोपावर अग्रस्थानमा रहे

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ