काठमाडौँ : सरकारले शुक्रबार प्रस्तुत गरेको बजेटले सुन–चाँदीसरकारले शुक्रबार प्रस्तुत गरेको बजेटले सुन–चाँदीको बजारमा ठूलो प्रभाव पारेको छ। सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याइएपछि आइतबार मात्र मूल्यमा तोलामा २० हजार ५ सय रुपैयाँको वृद्धि भएको छ। यसरी मूल्य बढ्दा सुनको दर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ, जुन शुक्रबारको २ लाख ९० हजार ६ सय रुपैयाँभन्दा निकै माथि हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार, बजेटमा घोषणा भएको भन्सार दर भोलिपल्टबाटै लागू हुने भएकाले मूल्य तत्काल समायोजन गरिएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य मात्र बढे पनि नेपालमा भन्सार दर दोब्बर हुँदा मूल्यमा ठूलो उछाल आएको उनले बताए।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत सुनमा लाग्ने २ प्रतिशत विलासी कर हटाएर राहत दिएको देखाए पनि भन्सार दर दोब्बर हुँदा उपभोक्ताले प्रत्यक्ष रूपमा मूल्यवृद्धिको भार व्यहोर्नु परेको छ। सुनको मूल्यलाई अन्तर्राष्ट्रिय बजार, अमेरिकी डलरको दर तथा नेपालमा लाग्ने करहरूले समेत प्रभाव पार्ने भएकाले मूल्य स्थिर रहन कठिन भएको देखिन्छ।
सुन मात्र नभई चाँदीमा पनि भन्सार दर १० प्रतिशत विन्दुले बढाएर २० प्रतिशत पुर्याइएको छ। यसको प्रत्यक्ष असर आइतबार देखिएको छ, जसमा चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदीको मूल्य ५ हजार ४० रुपैयाँ थियो।



