२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गृह मन्त्रालयको बजेटमा आधा कटौती, कारण सामाजिक सुरक्षा भत्ता स्थानान्तर

images

  • २०८३ जेठ १७, आइतबार
  • 1.0K
    SHARES
  • गृह मन्त्रालयको बजेटमा आधा कटौती, कारण सामाजिक सुरक्षा भत्ता स्थानान्तर

    काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्‍मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट अनुसार गृह मन्त्रालयको बजेटमा करिब आधा कटौती भएको छ। नयाँ बजेटमा गृह मन्त्रालयलाई १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा रहेको २ खर्ब ८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँको तुलनामा उल्लेखनीय कमी हो।

    यस कटौतीको मुख्य कारण सामाजिक सुरक्षा भत्ता रहेको पाइएको छ। गृह मन्त्रालय मातहत रहेको सामाजिक सुरक्षा भत्ता हालै महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा स्थानान्तरण गरिएको छ। गृहका प्रवक्ता आनन्द काफ्लेका अनुसार सामाजिक सुरक्षा भत्तामा एक अर्बभन्दा बढी रकम विनियोजन हुँदै आएको थियो।

    ३० वैशाखमा सरकारले कार्यविभाजन नियमावली २०८३ संशोधन गर्दै सामाजिक सुरक्षा भत्ताको जिम्मा महिला, बालबालिका मन्त्रालयलाई दिएको थियो। नियमावलीको १५औं नम्बरमा सामाजिक सुरक्षा भत्ताको व्यवस्थापन गर्ने जिम्मा स्पष्ट रूपमा उल्लेख गरिएको छ।

    यसै कारण गृह मन्त्रालयको बजेटमा एकै पटक ठूलो कटौती भएको हो। अब सामाजिक सुरक्षा भत्तासम्बन्धी खर्च महिला, बालबालिका मन्त्रालयमार्फत व्यवस्थापन हुने भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ