२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बार्नको नेतृत्वमा अनिल घिमिरे, नयाँ कार्यसमिति सर्वसम्मत चयन

images

  • २०८३ जेठ २४, आइतबार
  • 626
    SHARES
  • बार्नको नेतृत्वमा अनिल घिमिरे, नयाँ कार्यसमिति सर्वसम्मत चयन

    काठमाडौँ : नेपाल वायुसेवा सञ्चालक संघ (बार्न)ले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। ललितपुरको गोदावरीमा सम्पन्न ३०औँ र ३१औँ वार्षिक साधारण सभाले अनिल घिमिरेको अध्यक्षतामा २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

    ‘उत्थानशील आकाश, साझा दृष्टिकोण’ भन्ने मूल नारासहित सम्पन्न साधारण सभाबाट प्रथम उपाध्यक्षमा भोला विक्रम थापा, द्वितीय उपाध्यक्षमा अवित श्रेष्ठ, महासचिवमा सारिक बोगटी तथा कोषाध्यक्षमा नवराज शाही चयन भएका छन्।

    कार्यसमितिमा नेपालमा उडान सञ्चालन गर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरूका प्रतिनिधिका रूपमा सेर्कान बासार, जुनु मलेकु, धिरज चन्द्र श्रेष्ठ, सन्तोष विक्रम राणा तथा तृप्ति क्षेत्री सदस्य बनेका छन्।

    संघको विधानअनुसार नवनिर्वाचित अध्यक्ष घिमिरेले नेपालमा कार्यालय रहे पनि हाल उडान सञ्चालन नगर्ने वायुसेवाहरूको प्रतिनिधित्व गर्दै रमेश लामिछाने र बासु लामिछानेलाई कार्यसमिति सदस्यमा मनोनयन गरेका छन्।

    सन् १९९० मा स्थापना भएको बार्न नेपालमा कार्यरत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको साझा संगठनका रूपमा परिचित छ। संघले हवाई सेवा क्षेत्रको समन्वय, सहकार्य तथा नीतिगत संवादलाई प्रवर्द्धन गर्दै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ