२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

७ वाणिज्य बैंकले घटाए ब्याजदर, असारमा औषत दर ४.२७ प्रतिशत

images

  • २०८३ जेठ ३१, आइतबार
  • 516
    SHARES
  • ७ वाणिज्य बैंकले घटाए ब्याजदर, असारमा औषत दर ४.२७ प्रतिशत

    काठमाडौँ : असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ ।

    बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.२७ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर जेठ महिनामा ४.४ प्रतिशत विन्दुमा थियो ।

    संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । जेठमा ३.२० प्रतिशत रहेको यस्तो ब्याजदर असारमा ३.१८ प्रतिशत कायम भएको हो ।

    सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंक रहेका छन् । अन्य १३ बैंकले भने जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ