२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मनसुनको सक्रियता कायम, देशभरका धेरै स्थानमा भारी वर्षाको पूर्वानुमान

images

  • २०८३ असार २४, बुधबार
  • 431
    SHARES
  • मनसुनको सक्रियता कायम, देशभरका धेरै स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सामान्यभन्दा दक्षिणतिर र पश्चिमी भागमा सामान्य स्थानको हाराहारीमा रहेको महाशाखाले जनाएको छ। यसैको प्रभावस्वरूप मुलुकभर आकाश साधारणतया बादल लागिरहेको र कोशी, बागमती, लुम्बिनी र कर्णालीका थोरै ठाउँ तथा गण्डकी र सुदूरपश्चिमका एकाध स्थानमा मध्यमस्तरसम्मको वर्षा भइरहेको छ।

    महाशाखाका अनुसार आजको दिउँसोतिर पनि देशभर बादल लागिरहने देखिन्छ। हिमाली क्षेत्रका थोरै ठाउँमा चट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाड तथा तराई क्षेत्र, साथै मधेस र कर्णालीका पहाडी भूभागका केही स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना जनाइएको छ। पहाडी भूभागका एक–दुई ठाउँमा भारी वर्षा हुनसक्ने र मधेस, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्नसक्ने चेतावनी दिइएको छ।

    राति पनि देशका अधिकांश भागमा बादल लागिरहने प्रक्षेपण गरिएको छ। हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनसक्छ भने मधेस, कोशी, बागमती र गण्डकीका पहाड–तराईका धेरै ठाउँ, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा पनि उस्तै वर्षाको सम्भावना छ। मधेसका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाड–तराईका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा समेत हुनसक्ने महाशाखाले जनाएको छ।

    यस्तो अवस्थामा नदी किनारमा बसोबास गर्ने, पहिरो जोखिम भएका क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ