२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नक्कली भुटानी शरणार्थी प्रकरण

बयानका लागि लगियो टोपबहादुर रायमाझीलाई सरकारी वकिल कार्यालय

images

सत्कार खबर
  • २०८० जेठ १, सोमबार
  • 626
    SHARES
  • बयानका लागि लगियो टोपबहादुर रायमाझीलाई सरकारी वकिल कार्यालय

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले  सरकारी वकिलको कार्यालयमा लगेको छ ।

    आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस  गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा  पक्राउ पुर्जी जारी भएको थियो । तर,  टोपबहादुर फरार भएको थियो, भने छोरा सन्दीप पक्राउ परिसकेका थियो । अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ