२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि: एकैदिन २७ सयले बढ्यो सुन

images

  • २०८३ असार २६, शुक्रबार
  • 466
    SHARES
  • नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि: एकैदिन २७ सयले बढ्यो सुन

    काठमाडौँ : बितेका केही दिनदेखि लगातार ओरालो लागिरहेको सुनचाँदीको मूल्यमा साताको अन्तिम दिन शुक्रबार भने ठूलो उछाल आएको छ। स्थानीय बजारमा लगातार चार दिनसम्म घटेको सुनको मूल्य आज एकैपटक प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, आजको उच्च वृद्धिसँगै छापावाल सुनको मूल्य प्रति तोला २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मूल्य पनि आकासियो : 

    सुनसँगै आज चाँदीको मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ सय ७० रुपैयाँले बढेर ४ हजार ५ सय १० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ