२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

घट्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

images

  • २०८३ असार ३०, मंगलबार
  • 736
    SHARES
  • घट्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

    काठमाडौँ : नेपाली सुनचाँदी बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो।

    मूल्य घटेसँगै आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

    चाँदीको मूल्य पनि घट्यो
    सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। सोमबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य प्रतितोला ४ हजार ३ सय ७५ रुपैयाँ कायम थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ