काठमाडौँ : नेपाली सुनचाँदी बजारमा बुधबार बहुमूल्य पहेँलो धातु सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले उकालो लागेको छ।
आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघिको कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम थियो।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा खरिदबिक्री भएको थियो।



