२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज सुनको मूल्य बढ्दा चाँदीको भने ९० रुपैयाँले घट्यो

images

  • २०८३ असार ३२, बिहीबार
  • 796
    SHARES
  • आज सुनको मूल्य बढ्दा चाँदीको भने ९० रुपैयाँले घट्यो

    काठमाडौँ : नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य भने ओरालो लागेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। नयाँ मूल्य निर्धारण भएसँगै आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

    सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ। बुधबार बजारमा चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ