२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कामना सेवा विकास बैंकको खुद नाफा ३३.५१% ले बढ्यो, इम्पेरमेन्ट चार्जमा भारी गिरावट

images

  • २०८३ साउन ४, सोमबार
  • 536
    SHARES
  • कामना सेवा विकास बैंकको खुद नाफा ३३.५१% ले बढ्यो, इम्पेरमेन्ट चार्जमा भारी गिरावट

    काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ जसमा बैंकले चौथो त्रैमाससम्म ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्दै उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतको उल्लेखनीय वृद्धि हो। 

    बैंकको नाफामा देखिएको उच्च वृद्धिको मुख्य श्रेय इम्पेरमेन्ट चार्जमा आएको भारी गिरावटलाई जान्छ। अघिल्लो वर्ष ४१ करोड ८१ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ६७.३४ प्रतिशतले घटेर १३ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। प्रोभिजनिङ रकममा आएको यो उल्लेखनीय कमीले बैंकको खुद सञ्चालन नाफा र अन्तिम नाफा दुवैलाई माथि उकास्न मुख्य भूमिका खेलेको छ।

    वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी (Distributable EPS) १५ रुपैयाँ १६ पैसा कायम भएको छ। शेयरधनीहरूका लागि लाभांश वितरण गर्न सक्ने क्षमतामा सुधार आउनुले लगानीकर्ताहरूका लागि सुखद सन्देश दिएको छ।

    समीक्षा अवधिमा बैंकको निक्षेप सङ्कलन र कर्जा प्रवाह दुवैमा सकारात्मक वृद्धि देखिएको छ। बैंकको कुल निक्षेप ५.३२ प्रतिशतले बढेर ६६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ८.२५ प्रतिशतले वृद्धि भई ५४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। साथै खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन नाफा जस्ता मुख्य वित्तीय सूचकहरूमा पनि राम्रो सुधार दर्ता भएको छ।

    अन्य मुख्य सूचकहरूमा बैंकको प्रतिशेयर आम्दानी (EPS) २२ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ०१ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) २०.८४ गुणा रहेको छ। यद्यपि, बैंकको निष्क्रिय कर्जा (NPL) भने अघिल्लो वर्षको ३.४९ प्रतिशतबाट थोरै बढेर ३.७७ प्रतिशत पुगेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ