२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images

  • २०८३ साउन ५, मंगलबार
  • 451
    SHARES
  • सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ : नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य एकै दिन प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि ६ सय रुपैयाँले बढेको सुनको मूल्य लगातार उकालो लाग्ने क्रममा रहेको छ।

    यसैगरी, १० ग्राम सुनको मूल्यमा पनि वृद्धि भएको छ। आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ८ सय ५५ रुपैयाँ बढी हो। अघिल्लो दिन १० ग्राम सुनको कारोबार २ लाख ४४ हजार रुपैयाँमा भएको थियो।

    सुनसँगै चाँदीको बजार मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेर आज ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय २० रुपैयाँ रहेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ